Responsive Ad Slot

Showing posts with label व्यंग्य. Show all posts
Showing posts with label व्यंग्य. Show all posts

सकिरा र वाका वाकाको रन्को

6 comments

Monday

यसपालिको विश्वकप २०१० भकुन्डे भिडन्त भर्खरै सकियो । आशा छ भकुन्डे ज्वरो(football fever)ले सताएका वेचैन र बिथोलिएका रातहरु अब सामान्य हुनेछन । साउथ अफ्रिकाको जोहनसवर्गमा भएको फिफा विश्वकप समापन समारोहको रौनकमा यसपाली सकिरा प्रमुख आकर्षण बनिन् ।

टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण हेर्ने करोडौं दर्शक तथा मैदानमा उपस्थित हजारौं फुटबलप्रेमीहरुका बीच स्टेडियममा आएर सकिरा "वाका वाका....." भन्दै छमछमी नाचे पछि सकर सिटी अझ धुमधाम संग रंगियो । उनको सौन्दर्य, सङ्गीत र नृत्यको जादुले त त्यसै पनि मोहित बनाएकै थियो, यसबेला भने उनको सकर संग (भकुण्डो गीत) सबैको मुखैमा झुण्डियो -

जामिनामिना जेंगालेवा, वाका वाका ए ए ....




धेरैले दक्षिण अफ्रिकामा पहिलो पटक भएको फुटबल हेर्न टेलिभिजन अगाडी भोक तिर्खा र निन्द्रै समेत माया मारे रे । भकुण्डोको यो कस्तो नशा ? कसैले गज़ब गज़ब्का कविता लेखे कसैले ब्लग टासो पनि टास्न भ्याए, कसैलाई भने यो गोलरुपि महाजात्राले कामकाज समेत भद्रगोल बनाएको कुरो पनि सुन्न्नमा आयो । फेसबुकको स्टाटस्मा यसबारे केर्ने त कति भए कति भनि साध्य भएन । ब्लग तथा वेवकर्मीहरुले पनि कुनै न कुनै माध्यममा यो जात्राको प्रसारण गराए ।

सकर सिटीको अन्तिम उत्सवमा मेस्सी, रोनाल्डो, काका जस्ता चर्चित अनुहारहरु देखिएनन अर्थात सबैले दाबेदार मानेर बाजी ठोकाठोक गरेका टिमहरु लाखापाखा लागेपछि अन्तिम चरणको महाभिडन्तमा उत्रिए नेदरल्याण्ड र स्पेन । घमासान घम्साघम्सी हुदै निर्धारित समय गोलरहित बाराबारीमा सकिए पछि थप समयमा स्पेनका आन्द्रेजले गरेको निर्णायक गोलले पहिलो पटक स्पेनलाई विश्वकप फुटबल २०१०को उपाधि चुम्न सफल बनायो ।धेरै रमाइला र रोचक कुराहरु भए, अर्जेन्टिनाले जिते नांगै दौडने म्याराडोनाको इच्छा धन्न पुरा हुन् पाएन भने, पाउल नामक अक्टोपसले खेल विजेताको सही भविष्यवाणी गरेर अचम्मित पनि बनाए ।

आखिर भिडन्त सकियो, प्रारम्भमै स्विजरल्याण्ड संग हारेको स्पेनले उचाल्यो विश्वकपको त्यो सुनको ट्रफी । समापनको अन्त्यमा फेरी एकपटक वाका वाका गुन्जियो । साकिरा सँग नाच्न जान नपाए पनि इजरायली च्यानल एकमा कोबी पेरेजले हामीलाई उनको बल्बेली..... भन्ने गीतमा नचाए । अब मान्छेको घुइंचो पनि हरायो, तर टिभीको स्क्रिन छाडेर विश्वकपको नबुझिने बोल भएको थिमसंग् घरि घरि कानैमा बज्न थाले पछि एउटालाई सोधें, ए यो वाका वाका भन्या चाहि के रैछ हँ ?

व्याकरणका हिसाबले कुनै खास अर्थ नभएको तर कुनै वर्ग वा समुहले ठट्टेउलो गरि बोल्दा बोल्दै पछि खुब प्रचलित भएको शव्द रैछ यो - अफ्रिकन भाषामा। अर्थ चाहि गर वा अगाडी बढ, भन्ने हुदो रैछ त्यसको । अनि जामिनामिना जेंगालेवा भनेको चाही अफ्रिकन भाषामा कहाँबाट आएको रे । अर्थात जहाँ बाट आएको भए पनि, गो अहेड.... (दिस टाइम फर अफ्रिका ) !

बढ्दो तापक्रम र फुटबल जोरोले तातेको मौसममा आएको साकिरा जस्तै यो "हट" गीत बुझ्दै जादा साकिराले अफ्रिकाको कुनै एउटा पुरानो लोकप्रिय गीतलाइ रिमिक्स गरेर गाएकी पो रैछ, - गुगल दाइ र युट्युबले देखाए । आजकलको जमानामा केको मौलिकता ? यो रिमिक्सको खेति चाहि जहाँ पनि खुबै फस्टाउदो रहेछ भन्ने कुरा बुझियो । यी दुइ भिडियो हेर्नुस त...














कहिले काही एउटा निश्चित समुह वा वर्गका केटाकेटीले आफ्नो समुहले मात्र बुझ्ने भाषा बनाउछन । यसो गर्नु रमाइलो हुन्छ। अरुले हतपत नबुझेर ट्वाँ पर्यो भने त झन् मजै बेग्लै। विशेष गरि यस्तो कलामा केटीहरु अलि माहिर हुन्छन । कारण अरुले सुन्न र बुझ्न नमिल्ने तिनेर्का भित्रि कुरा धेरै हुदा हुन् ।

भर्खर भर्खर केटीहरुका माझ फ्रुट स्टाटसको चलन चल्यो फेसबुकमा । पायल शाक्यले भित्तामा लेखिन - strawberry । अर्थ चाहि अलि पछि थाहा पाइयो एकजना साथीको ब्लग मार्फत। त्यो भनेको - deep in love रैछ । त्यस्तै Happy being single भन्नु पर्यो भने Mango लेख्नु पर्ने रैछ । अनि pineapple को अर्थ चाहि hate love रैछ। अनि apple चाहि Just suffered from a breakup रे ।

स्कुले हुदा देखि नै हाटा" भन्ने शव्द खुब चलाइयो, अहिले पनि जारी छ, अर्थ चाहि एउटै हो, बिचमै टाप कस्ने। अर्थात हाजिर गर्यो टाप कस्यो । त्यति बेला हाफ टाइममा टाप कसिन्थ्यो । यता इजरायलमा पनि यस्ता शव्दहरु आविस्कार भएका छन । फेसबुकमा लेख रचना र कविता लेखिरहने मित्र दिप्सजीले एकदिन कुराकानीको क्रममा भन्नु भयो - अनि कृष्णजी तपाइको सोड़को खबर के छ त ? यो SOD भनेको चाहि Source of dollar रहेछ अर्थात इम्प्लोयेर वा पैसाको बोट। यस्तै अहिले बाल मतलब र खल्लीबल्ली भन्ने शब्दले यता रमाइलो तहल्का पिट्न थालेको छ ।

एक दुइ दिन सम्म यो भकुन्डे जोरो र वाका वाकाको रन्कोले छोडेन भने मलाइ पनि यस्तै भाषाको आविस्कार गर्दीम कि जस्तो लागि रा'छ .. के छ बिचार ?

वाकामन वाकालागे वाकाकमेन्ट वाका लेख्नुस वाका नलागे वाका भैगो ।(अब वाका हटाएर पढ्नु होला ;)
Next Story: Older Posts Home

तिम्रो शहरमा अचेल

15 comments
आज फेरी आएँ लौ, अर्को एउटा जेपिटी टासो लिएर । मूल कविता लेख्दै गरुँला , तर अहिलेलाई यही टाँस्न मन लाग्यो, त्यसैले जेपिटी भन्या... कारण ? कारण छ - कविता सुनाउन कार्यक्रम जाँदा वातावरण देखेपछी ट्वाक्क फुरेको .. ।

हितैसी मित्रहरुका सुन्दर पोस्टहरु आ आफ्ना ब्लगहरुमा चम्किरहेका छन । आफुचाहिं केही हप्ता अलि बढी नै व्यस्त भइयो र यो क्रम अगस्त महिनाभरि चल्ने तीव्र सम्भावना छ । वायरलेसरुपी चोर कनेक्सनले बेला बेला इन्टरनेट चोर्न नसक्नु, ड्युटीमा काखे निषेधित हुनु जस्ता पापी नियमहरु थपिनाले यस्तो भा' हो ।

खैर छाडौं अल्छीका बहाना कति छन कति...भनि साध्य छैन । त्यहि पनि पाठक {;)}वृन्दहरुलाई निराश नहुन अनुरोध गर्दछु :D ।

म बसेको प्रवासमा विभिन्न खाले नेपाली कार्यक्रमहरु भै रहन्छन, सामाजिक, सांस्कृतिक तथा राजनीतिक । विदेशमा रहेका नेपालीहरुमा यसरी सामाजिक चेतनाको विकास हुनु, बिभिन्न संघ संस्था हरुको स्थापना हुनु वा कार्यक्रम गरिनु आफैंमा सकारात्मक हो।

हुन त यस्ता आक्कल झुक्कल गरिने सुस्ते कार्यक्रमका के कुरा? नाचघर (डिस्को) र मदिरालयमा हरेक साँझ हुने मस्ती र धुम अनि चर्काचर्कीले हाम्रो "खास" परिचय गराएकै छ ।

यसपाला ढिलै भए पनि भानुभक्तलाई सम्झने सानु कार्यक्रम राखियो, कार्यक्रमभरि टिकट काटेर हेरिने सांस्कृतिक साँझ र पोइसो तिरेर नाचिने डिस्कोको "भरिभराउ" सम्झना आइह्यो ।

अनि कार्यक्रम मै एउटा कविता कोरियो ।


तिम्रो शहरमा अचेल

निधारभरि पसिना
आगो जस्तै बलेको सुर्य
मध्यदिनको यो प्रचण्ड गर्मी

शान्तिको -एउटा प्यासो वटुवा
एक अन्जुली पानी पिउने
कुवा खोजिरहेछ - तिम्रो देशमा ।
मानौं बालुवा जस्तै उसको छातीमा
युगौंयुगको प्यास अल्झिएको छ।

रम्घा जस्तै कैयौं गाउँहरु थिए
जहाँ रहरलाग्दा सपना बोकेका घांसीहरु हिड्थे
उकाली ओराली गर्ने थकित यात्रुलाई
पाटी र चौतारा बनाउदै ...
कुवा खनाउदै ...


खै त आज ?
किन अतृप्त यतिसारा प्यासहरु?
किन सुकेका जरुवाका मुहानहरु?

भानु के तिमीलाई थाहा छ?
अचेल हसिया भिर्ने घासीहरु घास बेच्दैनन,
यौवनको वल, रगत र पसिना बेच्न मुग्लान पस्छ्न
या बन्दुक भिरेर जंगल ।

ती फर्कदैनन गाउमा
र खनाउदैनन कुवाहरु,
जहाँ चिसो पानीको मूल बोकेका
आँत हरहर हुने घाँसे कुवाहरु
सुकिसकेका छन
खडेरीको खेत धाँजा फाटे झैं ।

शव्दहरु काव्यमा बुनिएर
सुरिलो भाकामा गुन्जने
कुनै साहित्यिक डबली छैन अचेल,
भानु तिमीलाई म कहाँ बोलाउँ?

तिम्रो शहरमा अचेल
रामायण पढ्ने जोकर हुन्छन,
उपेक्षित छ नेपाली भाषा,
घासीको कुवा जस्तै सुकेको,

नत्र किन हुन्थे यति थोरै तिमीलाई सम्झनेहरु,
किन हुन्थ्यो तिम्रो जन्म जयन्ती साँझ
यतिसारो सुनसान ??

यी हेरत,
तिम्रो श्रद्धा मनाउने कार्यक्रम
के कुनै डिस्को जस्तो भरिलो छ त?













Next Story: Older Posts Home

दाह्रा किट्छ कोही

14 comments

Wednesday

तस्वीर - http://picasaweb.google.com/katrinehoyer
उठाउनीमा

कृष्णपक्षको छरछिमेकमा हल्काफुल्का खासखुस चलिरहेकै छ, नया नया जोगी बढी खरानी धस्छ भनेझैं कसैले केही नौलो हल्ला खल्ला गर्ने बित्तिकै चियाउदै साखुल्ले भएर हतार हतार प्रतिक्रिया दिने जागर भने अलि सुस्ताएको होकी भा' छ अहिले चाहि मलाइ ।

टासो नटासेको त धेरै पो भैसकेछ त !
व्यस्त भनु भने त्यति व्यस्त पनि हैन, तैपनि घडीको सुइ भन्दा छिटो छिटो दिनहरु घुमेझैँ लाग्न थालेका छन ।

धाइबाको मंगलम क्याफेमा जे पापी र रामलखनको कुरा चल्दै थियो !
"रामलखन खै तेरो घरको ढोका?"
यो टासो र त्यसभित्रको मर्म पढेपछि मलाइ केहि लेखुँ लेखुँ लाग्यो ।

१ लघुकथा

हो त, ढोकै नभा घरमा जो पनि पस्छ, जे पायो त्यहि गर्छ , चोटा कोठा डुल्छ र घर भाड्ने अनेकौं प्रपन्च/जालझेल रच्छ, र मौका पाउना साथ सप्पै घर भत्काउछ ।

ऐना हेर्छु, अहो कति मिलेको अनुहार रामलखनसंग मेरो? त्यो रामलखन जसको घरको ढोकै छैन, आफु'संग अनुवाद हुदै गएझैं लाग्छ । हतार हतार चोटा उक्लन्छु, लौ~~ छानो पनि छैन, भित्ता भकारी केहि छैन , चारैतिर ह्वाङ्ग ।

दौडदै आगनसम्म पुग्छु ,
डिलैबाट देखियो पल्ला घरे छिमेकी खेतका आलीहरु ताछ्दै थियो ।

मभित्रको रामलखन.... कठै!
एउटा रामलखन थचक्क भुइमा बस्छ,
एउटा रामलखन चिच्याउन खोज्छ " गुहार गुहार "
एउटा रामलखन उध्याउन खोज्छ "भुत्ते खुकुरी" .....।

फेरी देख्छु - डाडु पन्यु बोकेका आफ्नै घरका एक जुलुस भान्सेहरु तिनै छिमेकीसँग साँथगाँठ गर्दै थिए ।

२ गजल

नौटंकी छ मझेरीमा, रातारात "हिट्' छ कोही
आफ्नै खेल हेरी हेरी आफै ताली पिट्छ कोही

भ्वांङ परेका झ्याल ढोका, ह्वाङ्गै देख्छु पाखो भित्ता
बाझै छन खेतबारी, जुवा तास फ़िट्छ कोही

भकारी छ रित्तो रित्तो , चुहिदो छ छानु घरको
"नया नेपाल् बनाउँदैछु" भन्दै झ्याली पिट्छ कोही

रामलखन तिम्रो घरमा, केको गाइजात्रा सधै
"घरको बाघ बनको स्याल" भाइसँग भिड्छ कोही

कोपर्दैछ अलिअलि भत्काउदैछ साँध सिमा
"यता खाँउकि, उता खाँउ" घुम्दै दाह्रा किट्छ कोही

टुङ्ग्याउनीमा

"उत्तरमा हिमालको लश्कर
लहरै मुस्काइरहेका छन चादी जस्ता
र फुलेका छन आगनभारी -जात जातका फूलहरु
दक्षिण तराइ लहलह सुन फल्ने गैरीखेत,

बार -पर्खाल -लिपपोत गरे
सबै मिलि भकारी भरे ,
यो घर रामलखनको
कति सुन्दर हुन्थ्यो होला "

एउटा त्यान्द्र्यांग तुन्द्रुंग
आशाजस्तो त्यान्द्रोमा मन अल्झन्छ
त्यहि त हो जसले मान्छेलाई बचाउदो रैछ
जस्तो रामलखनको सधै नेपाली भएर जिउने जिजिविषालाइ...।
जो मतिर फर्केर सोधिरहेछ

त्यो आशाको त्यान्द्रो र घरको माया
तिमीसंग छ कि छैन ?








Next Story: Older Posts Home

गन्गन्तन्त्र

No comments

Saturday

kaleko-jhataro

धेरै दिन भो, झटारो प्रहार नभएको । देशमा शायद गणतंत्र नामक सुशासन लागू भै सर्वत्र अमनचयन कायम भएकोले यस्तो हुन गएको पो हो की भन्ने भ्रम नहोस, कुन्नी के को काम पनि छैन फुर्सद पनि भने झै दामी काले आजकल सारो बीजी भएकोले यो स्तम्भ ओझेल परेको मात्र हो ।

प्रतिभाको एक सांस्कृतिक कार्यक्रममा वाचित व्यंग समाचारको झल्झली सम्झना भै रहेछ मलाई, समाचारमा माइला दाई, उनको घरबार र खाजतंत्रको खेदो खनिएको थियो भने गन्गन्तन्त्रको बयान । यो सान्दर्भिक पनि थियो, नेपाली हरुले गणतंत्र को ऐतिहासिक उपलब्धी जो गरेका थिए । यसबेला गणतंत्र धेरैलाइ धेरै मानेमा गतिलो झटारो साबित भएको छ । हुन त अहिले यसो उसो भनेर टिका टिप्पणी गर्नु पटक्कै उचित होइन तर राजनीति कर्मीहरु यही विषयलाइ प्रयोग गरेर पुरनै खाले सताको खेल खेल्न उद्द्यत छन ।

कोही फलानो लाइ सत्ता फलामको च्यूरा बनैदिएको छू भन्दै हिडछन, कोही आतंकको भरमा देश चलाउन पाउदैनस भन्दैछन, जनताका छोराछोरीहरुलाई क्रान्तिमा होमेर माथी पुगेका सत्ताधारीहरु पनि अघिकाहरुकै तालमा हिडेर उधोगति तर्फ लाग्ने शंका धेरै को मनमा छ भने अधिकांश सीधा सादा अनुहार भने खोई के खोई के को स्थितिमा अल्मालिएका छन ।

हत्या हिंसाको दलदलबाट बल्ल अलिकति छुटकारा पाएका नेपाली जनताले गणतंत्र प्राप्तिको खुसी र उमंग राम्ररी मनाइसकेका पनि छैनन, उता फेरी नेपाली जनताको हार हुने भयले एकथरि आत्तिन थालिसकेको अवस्था छ, यस्तो किन ?

हुलका हुल असंतोषहरु बिद्रोह, भएका छन,- मधेश भएका छन, पहाड़ भएका छन -हिमाल भएका छन -किरात भएका छन,-बाहुन भएका छन । तर नेपाली मात्र हुन चाही हामी किन नखोजेको? भन्ने प्रश्नले दामी काले लाइ रिंगाएको धेरै दिन भै सक्यो ।

बादरको हातमा नारिवल भन्ने उखान हाम्रा बाजे बराजूले बेलैमा रचेर ठुलै गुन लगाएका हुन । प्वाट्टै फुटाएर त्यसको स्वाद चाखन नजाने पछि नरिवल भकुन्दोको रुपमा प्रयुक्त हुनु लाइ दामी कालेले अस्वाभाविक मानेको चाहि छैन ।

राजनीतिका खेलाडीहरु भकुन्डोलाइ आफ्नो पक्षमा पार्न सधै तल्लीन छन । नेपाली जनताको अभिलाषामा ठेस लागोस, या कुठाराघात होस तिनलाई के को चासो? सबै समान हुन्छौं भन्थे, सबै सुखी हुन्छौं भन्थे, सबै एकै हुन्छौं भन्थे, के के हुन्छौं के के, भन्थे, होला नि त, भन्दै एक्थरि चाहि "भन्ने दिन र सुन्ने दिन" पर्खदै अधुरा सपनाहरुमा बाचिरहेका छन, अधिकांश भोकानंगा निमुखा नेपालीहरु यही आशावादी बर्गमा परेका छन ।



आहा सपनाहरु कति सस्ता हुन्छन, सबै कुरा महँगीदै गएको नेपाली जनताको थाप्लोमा गणतंत्र पछिको सुखद विकासको मीठा मीठा सपनाहरु भर्भरि पलाएका छन, बन्दूकको नाल र रगतको आहालबाट कहिलै मुक्ति नपाएका नेपालीहरुका ती सपनाहरू पुरा गर्न समयले कति बिलम्ब गर्ने होरू त्यसको अनुमान भने कालेको सघुरो दिमागको परिधि भन्दा बाहिरको कुरा हो । यद्यपि त्यसका लागि गणतंत्रमा पनि फेरी फेरी शक्तिकै मात्र होड़बाज़ी गरिनु हुन्न भन्ने यसको ठम्म्याई हो ।

यो झटारो पढेर काले लाइ गणतंत्र बिरोधी मंडलेको रुपमा हेर्दै हुनु हुन्छ भने तपाई सरासर ग़लत हुनुहुन्छ । यसको प्रतिपक्षको वकालत गर्ने त परको कुरा त्यों हरकत गर्ने को कलमै भाचियोस समेत भन्न चाहन्छ काले । तर आधुनिक खोया बिर्केमा लठठीएर कालो धनको पोको पार्दै रातारात क्यासिनो डिस्को धाउनेहरु र आचार बिचार सबै भ्रष्ट भएका सरकारी धुकुटी रित्त्याउन पल्केकाहरु बाहेक, गरीबीको मारमा पिल्सिएका अधिकांस नेपालीहरु गणतंत्र भित्र सुनौलो भविष्य साचेर बाचेका छन, जून जोगी आए पनि कनै चिरेका भन्दै तिनले पुर्पुरो हात लगाएको हेर्नु नपरोस, गृहयुद्धमा भाग्याजोग्य चिटठा जस्तै गरि जोगिएर बाचेका, वा खेतीबारीको काम छोडेर क्रांति को गीत गाउन हिडेका कालेका दौतरीहरु यत्ता न उत्ता मुलाबारी भित्ताको कित्तामा नपरून ।कालेको चाहना यत्ति मात्र हो ।

खरानी भएका भौतिक संरचानाका खंडहरहरु उस्तै छन । अझै बाकी रहेका युद्धका अवशेषहरु,
ग्रिनेडका टुक्राहरु , गोलीका खोकाहरू, एम्बुसका धरापहरु सबै सबै, सधै सधैका लागि सफा गरेर, बारूद र रगतले कोरेका कलंकहरु मेटेर, स्वच्छ न्यायिक समाजको निर्माण गर्न अबको राजनीती लाग्नु पर्छ । ध्वस्त भएका घर र कार्यालय भवनहरु, सांस्कृतिक संपदाहरुको पुनर्निर्माण गर्न, गृहयुद्ध र अस्थिरताले ओरालो लागेको अर्थतंत्र उकास्न, बिकास निर्माणको बाटोमा अबको राजनीति निर्दिष्ट हुनु पर्छ ।

हामीले हजारौं शहिद्हरू बलिदान गरेर, बेहिसाब अभाव, अन्योल र अशांतिको कालो लामो रात सहेर हासिल गरेको गणतंत्र, खालि गन्थन कै भारी गन्गन्तन्त्र नबनोस, सबैले मनन गरौं ।
Next Story: Older Posts Home

कालेको झटारो आफैतिर

No comments

Friday

अलि अगाडी कालेको मनमा NRN इजरायलको चुनावप्रति उति सकारात्मक बिचार थिएन, तर इजरायलमा बढ्दै गएको तापक्रमसँगै एकाएक चुनावी रन्कोले तातिएका गैह्र अावासिय नेपालीहरू फलानेा र ढिस्काना पद भन्दै घाेषणापत्रसहित उम्मेदवारी दर्ताको घुँइचेामा लाम लाग्न थालेपछि र संविधानसभामा भागलिन नपाएको झेाँक NRN मै भएपनि भाग लिएर चित्त बुझाउने सुरमा कालेपनि एकाएक शीर्ष पदमध्यकै एक पदकालागि उत्रियाे ।

यो निर्णय कालेले उम्मेदवारी दर्ताकै अघिल्लाे साँझमात्र गरेकोले यसको तर्फबाट कुनै पूर्व तयारी वा उम्मेदवारहरूकै भाषामा भाेटमाग्ने कामसम्म भएन। अन्तिम घडीको क्षणिक चम्काइ र जाेश अनि त्यसमाथि यसको पदका प्रतिस्पर्धी इजरायलवासी नेपालीहरूमाझ भिजिसकेका, सामाजिक पृष्ठभुमि र हैसियत राम्रै बनाइसकेका पत्रकार मित्र परेकाले पनि यसको भारी मतान्तरको परिणामलाइ लिएर कालेलाइ उति अस्वभाविक लागेको भने छैन । बरू फाइदै भएको छ, फाइदा कसरी भने अहिलेसम्म गुमनामी कालेको नाम सम्म सुनेका तर परीचय नपाएका धेरैले चुनावकै माैका छाेपेर भएपनि हल्का फुल्का चिने, याे पनि फाइदाकै कुरा हाे।

NRN इजरायलको बदख्वाइ गर्दा गर्दा यतिखेर कालेको झटारो अाफैतिर फर्किएको छ। असफलता नै सफलताको कसी हो भनेरमात्र चित्त नबुझाउन काले सबैलाइ अाग्रह गर्छ । यसपालीको चुनावी परिणाम र भारी मतको फरक हेरेर पनि पराजितहरूले राम्रै पाठ सिक्नुपर्ने चुरेा कुरेा काले भन्न चाहन्छ, पराजित प्यानलमध्यका केही सामाजिक र परिचित व्यक्तिहरूको विजयले पनि जित्नका लागि नाराले मात्र केही नहुने रहेछ त्यसका लागि जनमानसमा राम्रैसंग भिज्नुपर्दारहेछ भन्ने कुरा प्रष्ट पारेको छ

अब कसले जित्यो वा कसले हारयो भन्दा पनि हिजाेको भुलभुलैयाहरूमा नअल्मलिइ मिलेर अघि बढ्नुको अर्को विकल्प छैन ।
विजित र पराजित सवै मिलेर NRN लाइ गति दिएर एकएक कदम अघि बढाए सबैको हित सबैको जीत हाेला अन्यथा पारा उही हो ।
Next Story: Older Posts Home

NRN इजरायलको चुनावी पारो

No comments
NRN इजरायलको चुनावी पारो

"कहीं नभा जात्रा हाडी गाउमा" भने जस्तै यसबेला इजरायलमा प्रवासी नेपालीको अंतर्राष्ट्रीय संजाल भनिएको "गैह्र आवासीय नेपाली संघ" नामक संस्थाको चुनावी गर्मी व्हात्तै बढेको छ, यो चुनावी गर्मीले इजरायलको तेल अभिभमा मात्र होइन,अस्किलोन जेरुसलेम देखि हाइफा तिबेरिया सम्मका नेपालीहरुलाइ रनक्कै तताएको छ ।

नतताओस पनि कसरी, NRN नामक संस्थाको मोहनी नै त्यस्तै भए पछि, हिजो त्यों संस्थाको नामै सुन्न मन नपाराउने अझ त्यतिमात्र हो र नामै नसुनेका सम्म बिभिन्न च्यानल र प्यानल बनाउदै उम्मेदवारी भिड्न तम्सिएका छन ।

त्यसो भनेर दामी कालेले सबैलाई एउटै क्यातागोरीमा दाज्न खोजेको चाहि होइन है । हिजो इजरायलको धारो, चौतारो र अपार्ट बल बैतको घर सम्मका संस्थामा काम गरेका देखि लिएर नेपालमै र अंतर्राष्ट्रीय फेम भएका संस्थामा समेत काम गरेका हैसियतवाल र प्रतिष्ठित महानुभावहरु पनि कम्मर कसेर लागेको देखिन्छ ..NRNमा ।

काले को मनमा खडके को कुरो चाही अर्कै छ । त्यों खड्को के भने चुनावी बाढ़ीले कसता खाले व्यक्तिहरु लाइ
चयन गर्ला भन्ने हो । सहमती हुन नसके पछि चुनाव त हुनै परयो । विदेश को ठाउं कामकुरो एकातिर, कताको चुनाव, कां कसले मतदान गर्ने वा कुन उम्मेदवार लाइ, कुन कसीमा राखेर कुन योग्यता र सक्षमताको आधारमा तौलिएर कुन स्तरका भोटदाताले भोटदान गर्ने ? यस् बिषयमा चाही दामी काले खूब घोरिएको छ ।

यस्सो हेर्दा बाढीले बढ़ी उमार्ने बाहेक अरु सबैलाई लाखा पखा लगाउने पक्का छ। नतीजामा पछि पर्नेहरु फेरी घोसे मुन्टो लगौदै ठुतुनो फर्काएर तर्की तर्की हिडन नपरोस, भनेर यो दामी काले सबै लाइ बेलैमा सतर्क हुने सल्लाह दिन चाहन्छ ।
जे होस "नहुनु मामा भन्दा कानो मामा वेश" भन्ने हाम्रो पुरानो उखान झै सबैको इच्छा अनुसार जसरी हुन्छ NRN बचाऊं । दामी कालेको पनि सोच यस्ते छ ।

NRN जिन्दावाद !

दामी काले
Next Story: Older Posts Home

विभाजनको रेखा र जोगी

No comments

Thursday

विभाजनको रेखा र जोगी



संसारका कुना कुनामा हामी पुगेका छौं । रोज़गार व्यवसाय अध्ययन व खोज जे का लागी विदेशिएका भए पनि हामी नेपाली हौं भन्ने भावःले र राष्ट्रीयताप्रतिको प्रेमले हामीलाइ तानिरहेको हुन्छ ।प्रवासमा रहेका हामी नेपालीहरु पनि शायद यही प्रेरणाबाट प्रेरित भएर आफ्नोपन र मौलिकताको खोजीमा एउटा पृथक समाज समुदाय वा समूहको निर्माण गर्छौ र नेपाली हुनु को परिचय को खोजी गर्छों ।

यसरी प्रवास को बसाईमा विभिन्न उद्देश्य र लक्ष सहित नेपाली समुदायका साथी भाई एकताबद्ध हुनु शुभ संकेत हो, केही समय देखि इजरायल को प्रवास देखिएका बिभिन्न संघ संस्था र तिन को संख्या हेर्दा यो कालेलाइ नेपाली हरुको बिच मा पनि राम्रै राष्ट्रीय चेतनाको बिकास भएछ भन्ने भान पर्न आयो । तर त्यों भान त्यति खेर ग़लत साबित भैदियो जतिखेर यसले एउटै खालमा बसेर एउटै थालमा खाएर एउटै नालमा थुकेर हिडेका साथिहरु, अहिले तेल अभिभको भीड़मा एकले अर्को लाइ देखे पनि नदेखे जस्तो गरेर मुन्टो बटारेर हिडेको देखियो । हेरी हाले पनि खाउला जस्तो गर्ने तीरे छडके नज़रले हेरेको देख्दा दामीकाले को मन चसक्क दुखेको छ ।

एक अर्का को उद्देश्य प्राप्ति र एकताको निमित्त सहकार्य सहयोग र हातेमालो गर्नु त कता हो कता, प्रवासी प्रवासीमा आफुबीच भैसकेको सम्बन्ध समेत भत्किदै गएको अनुमान सबैले गर्न थालेका छन । साथीभाईको नाता नै टूटने र नेपाली सामाजिक एकता खल्बलिने गरि किन कोरियो बिभाजनको रेखा?

शायद हामी भित्र एउटा चेतना बिरोधि अहंकारी जोगी विद्यमान छ, जसलाई सामाजिकता पटक्कै मन पर्दैन सामाजिक संरचनाका बिभिन्न्न अंगहरु समूह र संगठन को उपस्थिति र अस्तित्व बीचको समन्वय एकता र सहकार्य मन पर्दैन । त्यों जोगी त्यही एकलकाटे जोगी हो, जसले सामूहिक मर्म बुझ्न चाहदैन र आफु आफुमा फाटो बढाउने खरानीका धर्काहरु कोरी हिड्छ ।

कलाकारको समूहले साहित्यको समूहलाई बिरोधी ठान्नु अनि कृषिको समितिले केयेरगिभरको समितिलाई वैरी देख्नु, हामी बीचको फाटो नभए के त? यो बेमेल रंग र कुचीले क्यानभाससंग दुश्मनी गर्नु जस्तै हो । हामी बीच यस्तै अमिल्दो विषयमा मतभेद भएको छ । रंग एकातिर कुची एकातिर क्यानभास अर्कोतिर । फेरी हामी सुंदर चित्रकारिताको कल्पना भने गर्न छाड़दैनौ।

बिदेशको ठाउं छोटो समयको बसाई अबधि को पूर्व को पश्चिम हामी सबै नेपाली भन्ने सोचौं एक अर्कालाई परेको बेला सहयोग गरौं र कथं कदाचित यो सोचलाई खल्बल्याउदै आफु आफैमा बिभाजनको धर्को कोर्न उद्यत अहंकारी जोगीलाइ जाग्न नदिऊ, चेतना भया !



दामी काले
Next Story: Older Posts Home
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI