छ की छैन भित्र देश छामी हेरे मैले
ऐना मा एउटा बदनामी हेरे मैले
तरुण जति नेटो काटी पलायन भएपछि
आइमाई र बुढाबुढी मलामी हेरे मैले
रगत को टाटो बोकी धरती त मौन रह्यो
तूफान जस्तै स्पंदन यो थामी हेरे मैले
पहिरोझैं भत्कदैछन देश हाक्ने साहस हाम्रा
खंडहर छाती भित्र "सुनामी" हेरे मैले
दियो खोज्ने आत्मा हरु दिन दिनै मरे पछि
देशैभरी दीपद्रोही सलामी हेरे मैले
छ की छैन भित्र देश

परदेश बिझेको बेला उसका वर्तमानहरुमा
भो नसोध खै तेरो देश ?
भो नसोध खै तेरो परिचय ?
जापानी होचा पहाड़का गर्तहरुमा
जम्मू कश्मीर, मलायका जंगलहरु र
खाड़ीका ताता वालुवा
वा अफगानिस्तानका मरुभूमिहरुमा
उसले आफुलाई कतै हराएको धेरै भैसक्यो
गोरखाको परिचय कोर्दै भूगोलको कुनाकुना
जंगल जंगल क्याम्प राखेर बहादुरी देखाउने
म त्यही लाहुरे प्रतिनिधि
जो इतिहास लेख्दै मरुभूमि र जंगलहरुमा
राष्ट्रीयताको परिभाषा खोजिरहेछ ।
क्रमश....
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment