परदेशमा दुख्यो मन दुखाएर रोएँ
परेलीमै सबै आँसु लुकाएर रोएँ
मधुर स्वरमा शिव परियार गज़ल गाइरहेका छन्, यही बेला इन्टरनेटका भित्ताहरुमा कोरिया जानको लागि आवेदन दिनेहरुको लामो लश्कर सहित समाचार छापिएको हुन्छ । पोहोर बर्ष जस्तै यसपाली विदेश जान चाहने त्यो भिडको आकार अझ बढी थपिएको छ । घरदेशबाट परदेश लाग्ने यो यात्रा किन बढि नै रहेको हो ? एकछिन सोचमग्न हुन्छु, सपनाहरुको यो ओइरो कहिले थामिने हो ?
परदेश हुदै लेखिएको उद्धृत गज़लकी लेखिका उमा सुवेदी स्वयम इजरायलबाट पांच बर्षे लामो वसाई सकेर भर्खर स्वदेश फर्किसक्नु भएको छ । केही दिन पछि उहाँको फेसबुक स्टाटसमा लेखिएको देख्छु -
परदेशबाट सोध्यैा तिम्ले घरदेशको के चाल छ
खै कसरी वयान गरूँ जताततै वेहाल छ ....
हो, यी यसरी युवाहरुमा बढ्दै गएको विदेशमोह र समाचारमा छापिने यस्ता तस्विरहरुले देशको बिग्रदो स्थितिलाई नै प्रतिबिम्बित गरिरहेका हुन्छन । रोजगारी छैन, हरेक क्षेत्रमा अवसर र सम्भावनाहरु कम छन, राजनीतिक अवस्था सधै तनावपूर्ण छ । विजुली छैन, पानी छैन, इन्धन छैन .. समस्या र अभावै अभावको यो पहाडबाट उम्कने सजिलो बाटो बनेको छ विदेशको यात्रा ।

सजिलो कहाँ छ र?
के विदेश सोचेजस्तो सजिलो छ त ? विगत केही बर्ष देखि इजरायलमा छु । एकछिन फर्किएर विगतमा छोडेर आएका दिनहरु हेर्दा र विदेश बिताएका समयहरु केलाउदा मन गह्रुङ्गो भएर रुन आउछ, शिव परियारले गाएको त्यो गज़ल जस्तै । अध्ययन, रोजगार या अन्य विभिन्न वहानामा परदेश हिडेका सबै सुखी कहाँ होलान र ? मलाइ लाग्छ केहीलाइ छाडेर अधिकांशको मन शायद त्यसरी नै रुन्छ, जसमा परदेश लाग्नु अघि उसले साँचेका अधुरा सपना र आकाङ्क्षाहरु पनि मिसिएका हुन्छन ।
वैदेशिक रोजगार थोरैलाई सजिलो होला तर अधिकांशलाई फलामको च्युरा जत्तिकै कठिन छ । विदेश जान सोच्दै गरेका युवाले पनि यो तथ्यलाई केही हदसम्म पक्कै बुझेका छन, यद्यपि स्थिति विवश बनेको छ । आफ्नै देशमा सिप र श्रमको उपयोग गर्ने पर्याप्त सम्भावना भए किन कोही श्रम सिप विनिमय गर्न विदेशिन्थ्यो ?
विहान देखि सर्भिसमा हुन्छु, कसैले मेरो समय किनेजस्तो लाग्छ । यी फराकिला सडकहरु, घुम्न जाने पार्क, खाने ठाउँ, प्राथना गर्ने मन्दिर (स्थानीय भाषामा बेट केनेसेट) या यी रेस्टुराँहरु ... कुनै पनि मेरा रोजाइका स्थानहरु हैनन् । आउदा जाँदा मजस्तै असंख्य अनुहारहरु भेटिन्छन - काममा इन्जोय गर्नु पर्छ यार खुब रमाइलो पो हुन्छ त, उनीहरुको तर्क यस्तै हुन्छ । तर त्यही धारो पधेरो, वरपिपलको चौतारी र घर सम्झेर कहिलेकाही दुखि हुने मनलाई कसले पो छेक्न सक्छ र ?
फेरी एकपटक घरदेशकै कुरा गरौँ ।
राजनीति घृणित खेल हो भन्दै यसको गन्ध पटक्कै नरुचाउने जो कोही पनि तर आज यसबाट यति प्रभावित भएको छ कि उ त्यतिकै मौन बस्न सकिरहेको छैन । नयाँ नेपाल बनाउदै गरेको सरकार र राजनेताहरुले कुर्सी तान्ने खेल खेल्नु बाहेक अरु कुनै खास काम गर्न सकेका छैनन् । संविधान निर्माण हुने कुनै अत्तो पत्तो छैन । उल्टो सभाषदहरु समेत भ्रष्ट हुदै गएका समाचार दिनप्रतिदिन आउन थालेका छन ।
यस्तो बेला, बिरोध र दवाव दिन युवाहरुको एक जमात सामाजिक संजाल फेसबुकबाट ओर्लेर सडकमा स्वस्फुर्त उत्रेको छ । सबैले एउटै नाराका काला पर्चाहरू छातीमा टासेका छन् जसमा लेखिएको छ -
भत्ता पुरा लियौ अब संविधान देउ ।
के थाहा यी मध्ये कतिले विदेश पढ्न जाने फर्म भरी सकेका छन कि ? या कति केही बर्ष बाहिर बसेरै फर्केका पो हुन् कि ? आज जस्तो भएपनि कामना गर्छु, भोली कोही भौतारिदै बाहिरिन नपरोस, यिनीहरु सबैले आफ्नो भविष्य अब नेपालमै सुरक्षित गर्न सकुन ।

image:mysansar & purbelitimes
घरदेशको पींडा र परदेशको आसुँ हामी नेपालीको लागि एक असाध्य रोग भो कृष्ण जी । घरको संघार नाघ्ने बेलामा तप्केका आँसुका नुनिला ढिक्काले पोलेको छाती तपाईंका मर्मभेदी शब्दले फेरी आज चर्केको महसुस गरायो। भावुक शब्दहरुका मालिक "कृष्णपक्ष" को लाग्छ शुक्लपक्ष टाढा छैन ।
ReplyDeleteम एडम्स केभिन, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर प्रयास गर्न व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल (adams.credi@gmail.com) अब हस्तांतरण ठीक जारी युद्धमा ऋण कागजातहरू गरेर हामीलाई सम्पर्क। के तपाईं पनि aiico बीमा plc.you बहुत स्वागत छ इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ भने हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं (aiicco_insuranceplc@yahoo.com) एक व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता छ।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक